.

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १६९ रनको लक्ष्य

सुदूरपश्चिमले लुम्बिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको हो ।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, खड्क बोहोरा र सौर्य श्रेष्ठले समान १०–१० रन बनाए ।लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिए भने सन्देश थापाले एक विकेट हात पारे ।

सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउन लुम्बिनीका ओपनर आकाश त्रिपाठी र रञ्जित खड्का मैदानमा उत्रिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया