विराटनगर १ जेठ । जनता नमूना माध्यमिक विद्यालय विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीले आफूलाई अध्यापन गराउने शिक्षक, शिक्षिकाहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन ।
आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजक सदस्य दिनेशराज सुवेदीको बुझाई रहेको छ ।
सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायण प्रसाद भगत, प्रकाश कुमार चापागाईं, श्यामनन्दन शर्मा, शिवसंकर श्रेष्ठ, लक्ष्मीकान्त नन्दी, नारायण प्रसाद आचार्य, कृष्ण बहादुर बस्नेतलाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष लेखु आचार्यले बताउनुभयो ।