नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा अर्काे हार बेहोरेको छ।
नेपालले आज समूह चरणको अन्तिम खेल भारत ‘ए’ सँग ७ विकेटले गुमाएको हो । नेपाल यसअघि पाकिस्तान ‘ए’ र संयुक्त अरब एमिरेन्ट्स (युएई) सँग पनि पराजित भएको थियो। योसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ।नेपालले फेरि एकपटक कमजोर ब्याटिङ गरेको छ।
।थाइल्यान्डको बैककस्थित टे«डथाइ क्रिकेट स्टेडियममा त्यसअघि भारतले जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली १८ ओभरमा ७८ रनमा अलआउट भयो।
नेपालका लागि सम्झना खड्काले बनाएको २२ रन नै सर्वाधिक रह्यो। रुवि पोदार, कविता जोशीले समान १२ रन बनाए। विन्दु रावलले ११ र कप्तान पूजा महतोले १० रन बनाइन् ।
नेपालले शुक्रबार पाकिस्तानसँग ३० रन र आइतबार युएईसँग १८ रनले पराजित भएको थियो।