.

फाइनल पुग्ने लक्ष्य सहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् ।

यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगिसकेको छ ।

इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।

हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । यसअघि लुम्बिनीले विराटनगरलाई लिग चरणको खेलमा ५ विकेटले हराएको थियो ।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । एनपीएलको फाइनल खेल त्रिवि रंगशालामा पर्सि शनिबार दिउँसो साढे ३ बजे हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया