.

एनपीएलको एलिमिनेटरमा लुम्बिनी र काठमान्डु भेट्दै

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणअन्तर्गत आज तेस्रो र चौथो स्थानमा रहेका टिमले एलिमिनेटरको खेल खेल्दैछन्। 

त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरको खेल खेल्दैछन्।

यी दुई टिममध्ये विजेता टिमले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। पहिलो संस्करणमा लीेक चरणबाटै बाहिरिएका यी दुई टोलीको लागि एलिमिनेटर नयाँ खेल हो।

दुई भारतीय प्रशिक्षकको रणनीतिक भिडन्त आजको खेलमा देखिनेछ। काठमान्डु गोर्खाजको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाई प्रशिक्षकको भूमिकामा छन् भने लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षकमा किन योहानन्न रहेका छन्।

राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टिमका अनुभवी बलिङ अलराउन्डर करण केसीको टिमसँग खेल्दैछ।

दुवै टोली प्रतियोगितामा अघि बढ्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

आजको खेलमा हार बेहोरेको टोली घर फर्किनेछ भने जितेको टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग फाइनल पुग्ने प्रतिस्पर्धा दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया