.

आजदेखि अर्जुनधारा महिला भलिबल प्रतियोगिता

अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक गर्दै आज बाट खेल सुरु भएको छ ।

आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आज (बुधबार) देखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपीएफ क्बल र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ ।

सो खेल आज १२ः३० बजेदेखि सुरु भएकोछ  । आजै २ः३० बजे दोस्रो खेल न्यु डायमन्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ ।

सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मंसिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया