.

एनपीएलमा आज रेष्ट डे, भोलि दुई खेल

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग  (एनपीएल)मा आज सोमबार कुनै खेल तय गरिएको छैन । नेपाल क्रिकेट संघले मंसिर १ गतेदेखि जारी प्रतियोगिताको खेल तालिकामा आजका लागि कुनै पनि खेल राखेको छैन ।

भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई  खेल हुनेछन् ।

पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ । दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एमेन्जर्स र कर्णाली याक्सबीच हुनेछ ।

हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । रोयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेको छ । समान ८–८ अंक भएको काठमाडौँ गुर्खाज दोस्रो र विराटनगर किङ्स तेस्रो स्थानमा छन् ।

चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।कर्णाली याक्स छैटौँ र पोखरा एमेन्जर्स सातौँ स्थानमा छ। साबिकको विजेता जनकपुर बोल्ट्स तालिकाको अन्तिममा छ । प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया