.

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो सिजनमा आज पनि दुई खेल हुँदैछन्। काठमाडौं गोर्खाज र चितवन राइनोजबीच भईरहेको पहिलो खेलमा जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो । काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् । १५ ओभरमा १०९÷३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो । 

चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको हो । चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई÷दुई तथा रवि बोपाराले एक विकेट लिए । आज विराटनगर र कर्णालीबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु  हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया