.

एनपीएल क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

 नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ ।


सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा विजयी भएको छ । विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।


यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको चितवन दुई अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । चितवनको कप्तान कुशल मल्ल रहेका छन् ।


एनपीएल क्रिकेटमा हिजो भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली छन् । 


गएको मंसिर एक गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया