.

विराटनगरले जनकपुरलाई दियो १३६ रनको विजयी लक्ष्य

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २÷२ विकेट लिए ।

विराटनगर यसअघिका दुई वटै खेल जित्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो ४ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र छैटौं स्थानको कर्णाली याक्स खेल्दैछन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया