नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले आज चितवन राइनोजसँग खेल्दैछ । गत सिजन पुछारमा रहेको लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेदेखि चितवनसँग खेल्नेछ ।
चितवन भने आज लुम्बिनीविरुद्ध मैदानमा उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिमले प्रतिस्पर्धा गरिरको छन् ।मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २७ गते हुने तालिका छ ।