.

नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल आज

नेपाल र बङ्गलादेशबिच आज मैत्रीपूर्ण खेल हुँदैछ। नेपाल र बङ्गलादेशको राष्ट्रिय टोली बिचको मैत्रीपूर्ण खेल आज साँझ पौने ८ बजेदेखि ढाकाको नेशनल स्टेडियममा सुरु हुनेछ।

प्रशिक्षक हरि खड्काले बङ्गलादेशसँग नेपालले राष्ट्रको गौरवको लागि खेल्ने बताए। नेपालका कप्तान किरण चेम्जोङले नेपाली टिम र बङ्गलादेश बीचको खेल सधैँ प्रतिस्पर्धात्मक हुने र खेलका लागि आफूहरू तयार रहेको बताए ।

मैत्रीपूर्ण खेलमा बङ्गलादेशको स्टार खेलाडी हम्जा चौधरी पनि खेल्दैछन् । नेपालले यसपछि नोभेम्बर १८ मा मलेसियासँगै एएफसी एसिया कप छनोटको खेल खेल्दैछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया