.

आयरल्यान्ड ए ले दियो नेपाल ए लाई २ सय ८५ रनको लक्ष्य

विराटनगर ,१५ चैत्र ।तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ‘ए’ का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।
आयरल्यान्ड ‘ए’ ले लगातार दुई खेल जित्दै यसअघि नै एकदिवसीय शृङ्खला जितिसकेको छ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा १ सय १४ रनले पराजित भएको थियो । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया