विराटनगर , १२ असार । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ ।
आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् ।
नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरुस्थित कान्टिरवा स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
नेपाल र पाकिस्तान दुवै टिमको सेमिफाइनल पुग्ने संभावना सकिएकाले यो खेल प्रतिष्ठाको लागि मात्र भएको छ ।