विराटनगर ,आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर
पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२
विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२
रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२
रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपाल र ओमानबीचको
खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल
निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा
नेपाल तीन र ओमान एक खेलमा विजयी भएकाे छ । समान दुई खेलमा ४ अङ्क भए पनि
ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?