टी–२० विश्व कप छनोट : नेपालको पहिलो खेल सिङ्गापुरसँग
१२ कार्तिक २०८०, आइतवार
0
प्रतिक्रिया
विराटनगर,टी–२० विश्व कप एसिया क्षेत्र छनोट
प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ । नेपाल क्रिकेट
सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल
भोलि सिङ्गापुरसँग हुने भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र
मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म
आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र
तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र
मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको
फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने
टी–२० विश्व कप खेल्न पाउने छन् ।नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।