.

त्रिदेशीय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई दियो १ सय ६५ रनको लक्ष्य

काठमाण्डौमा भइरहेको त्रिदेशीय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।मूलपानी क्रिकेटमैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा सात विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५र४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले समान २र२ विकेट तथा गुल्सन झा र करण केशीले समान एकरएक विकेट लिए । नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ । नेपाल ६ अङ्ककासाथ  शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको यूएई दोस्रो र ३ खेलमा कुनै पनि खेल नजितेको हङकङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया