.

आजदेखि बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप

विराटनगर , २८ असोज । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ । गोल्डकप आज दिउँसो उदघाटन हुने तथा आजको खेलमा डा‘गीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयोजकले उल्लेख गरेको छ ।

लक्ष्मी माविको खेलमैदानमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । बेलबारी नगरको गौरवको रूपमा विराटनगर बाहिर जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको बेलबारी गोल्डकप हो । प्रतियोगितामा विजेता टोलीले नगद रू आठ लाख ,उपविजेताले पाँच लाख तथा ट्रफि र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको जानकारी दिनुभयो । खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डा‘गीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिमको प्रतियोगितामा प्रतिष्पर्दा  रहने आयोजकले जनाएको छ ।

आयोजक प्रतियोगिताका सचिव  शम्भु बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगिता सञ्चालनका लागि रू ६२ लाख ९० हजार खर्च तथा ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।   डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको भाइकुमार गुरूङले बताउनुभयो । उहाँले दैनिक ६ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा ४ हजार क्षमता भएको बासको प्याराफिट, रंगरोकन, खेलमैदान मिलाउने, पोष्टर टाँस्ने लगायतको सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय स्तरको गोल्डकपमा १६ हजार भन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया