.

असोज २८ बाट बेलबारीमा गोल्डकप

विराटनगर , ७ असोज । असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म   बेलबारीमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । डाँगीहाट फुटबल क्लबको आयोजनामा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा प्रतियोगिता  हुने भएको हो ।

 प्रतियोगिताको बिजेताले आठ लाख पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले पाँच लाख प्राप्त गर्ने  आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिनेछ । 


प्रतियोगिता सञ्चालनका लागि ६२ लाख ९० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।


प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडौँ, बिग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट यूथ क्लब, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत सहभागि हुनेछन् ।


बेलबारी गोल्डकपको गत वर्षको उपाधि एपीएफ काठमाडौँले जितेको  थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया