.

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

एसिया  कप क्रिकेटमा  नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो । नेपालका लागि  नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९  रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् । भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया