.

आज अन्तर्राष्ट्रिय परिवार दिवस आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ ।


महासभाले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।

अन्तरराष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घका १ सय ९३ सदस्य राष्ट्रले सन् २०१५ मा अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।

गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया