.

अनेरास्ववीयु प्रदेश अध्यक्षमा खड्का

विराटनगर , १७ भदौ ।एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन९  अनेरास्ववीयु०  कोशी प्रदेशको अध्यक्षमा जिबि खडका ९गजल० निर्विरोध निर्वाचित भएका छन् ।


प्रथम प्रदेश अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।


प्रदेश कमिटीको  उपाध्यक्षमा धनकुटाका  अंकित थापा, झापाका नारायण पोखरेल पनि निर्वरोध निर्वाचित भए । 


सचीवमा मोरङका  सन्तोष घिमिरे, सह सचिवमा उदयपुरका  प्रबेश ठकुरी, पाँचथरका पारस राई, झापाका  लक्ष्मी न्यौपाने, तेह्रथुमकी  रन्जना घतानी निर्विरोध भएका छन् ।


त्यस्तै कोषाध्यक्षमा नवराज घिमिरेसहित प्रदेश कमिटी सदस्य पनि निर्विरोध निर्वाचित भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया