.

सरकारले सबै भ्रष्टाचारको निष्पक्ष छानबिन गरोस् : नेता भट्टराई

विराटनगर , १३ भदौ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विशाल भट्टराईले सबै खाले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न सरकारलाई सुझाव दिएका छन् ।


झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापाको गिरीबन्धु टी स्टेटको विषय मात्र नभई अहिलेसम्म सार्वजनिक सबै भ्रष्टाचारलगायतका विभिन्न काण्डको निष्पक्ष छानबिन गर्दा आफूहरुलाई कुनै आपत्ति नहुने बताए ।


अहिले बाहिर आइरहेको भ्रष्टातार र काण्डका विषयमा सरकारले निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।


‘अहिलेसम्म जति काण्डहरू सार्वजनिक भएका छन् ति सबै विषयमा छानबिन गर्दा हाम्रो असहयोग होइन सहयोग रहन्छ । जति विषय सार्वजनिक भएका छन्, बाहिर आएका आएका छन् छिटो छानबिन होेस् भन्ने हाम्रो चाहना हो,’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया