.

इन्जिनियरिङ्गको शुल्क घटाउन माग गर्दै उपकुलपति कार्यलय अगाडि नेविसंघको होम

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई ) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको (उपकुलपति) भिसि कार्यलय अगाडि होम हालेर सांकेतिक बिरोध जनाएको हो ।बिरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताउनु भयो । उहाँले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै बिरोध प्रदर्शन गरिरहेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भिसिलाई विद्यार्थीको पक्षमा सकारात्मक रुपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताउनु भयो ।त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया