.

मेचीनगरमा पुरुषको शव फेला

विराटनगर , ३२ साउन  । मेचीनगर–८ मा एकजनाको विभत्स हत्या भएको छ ।मेचीनगर ८ का ४३ वर्षिय सुन्दर किसानको विभत्स हत्या भएको शव फेला परेको हो ।

हिजो बेलुका खाना खाएर उनी घरबाट निस्केका थिए । आज बिहान उनको शव फेला परेको हो । शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया