.

उदयपुरमा भैंसी चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

विराटनगर , ३१ साउन । भैंसी चोरीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पंचायत लालमनियाथाना लौकाह २ का ३० वर्षीय दिपुकुमार भिमदवार यादव रहेका छन् । 

    

मंगलबार बेलुकी त्रियुगा नगरपालिका ५ देउरीका धुव्रबहादुर खड्काको गोठमा बाँधेको भैसी चोरी गरी लैजाँदै गरेको इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । 

    

आरोपितले अर्को गाउँमा मेरो भैंसी ७५ हजाबमा किन भन्दै हिंडेका अवश्थामा भैंसीसहित पक्राउ परेको उनले बताए । यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरिएको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया