.

संखुवासभाको सभापोखरीमा एक घरमा आगलागी

विराटनगर , ३१ साउन । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।


स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो ।


उहाँका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ ।


अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिको बारेमा अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।


आगलागीबाट मानवीय क्षति भने भएको छैन तर घरभित्र रहेको अन्नपात र लत्ताकपडाहरु सबै जलेर नष्ट भएका छन् ।


फुसले छाएको घरमा रातको समयमा अचानक आगलागी भएको बताइएको छ । तर, के कति कारणले आगलागी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया