.

ताप्लेजुङमा छोराले गरे आमाको हत्या

विराटनगर , ३० साउन  । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेका हुन् । डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।


कार्कीका अनुसार हत्याको कारण भने खुलिसकेको छैन । सोमबार बिहान साढे १० बजे हत्या भएपनि स्थानीयले मध्याह्न १२ बजे साँघु प्रहरी चौकीमा खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया