.

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने समय मंगलबारसम्म

विराटनगर , साउन ११ ।कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गर्नुभएको छ ।

खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८९२० बमोजिम आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतले हिजो बिहिबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्दै साउन १७ गते भित्र नयाँ रिकार गठन गर्न आदेश दिएपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आब्हन गर्नु भएको हो ।

गत असार २१ मा कोशी प्रदेश सभाका समाभुख बाबुराम गौतमले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको थियो । त्यसबिरुद्ध एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सभामुखको हस्ताक्षर संविधान बिपरित भएको भन्दै दायर रिट निवेदनमा सर्वोच्चले सभामुखले हस्ताक्षर गर्न नमिल्ले र थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नयाँ सरकार गठन गर्न बिहिबार आदेश दिएको थियो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया