विराटनगर , नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी
पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज
शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक
पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा
शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन
शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन
कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन
कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने
गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?