.

कोसी प्रदेशमा नयाँ अध्याय सुरू भयो स् मुख्यमन्त्री कार्की

विराटनगर , १ कार्तीक । मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेशमा नयाँ अध्याय सुरू भएको बताएका छन्। बुधबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कार्कीले सरकार गठन प्रक्रियामा संविधानका सबै धारा प्रयोग गरेर आफू नेतृत्वमा नयाँ सरकार गठन भएको बताए।


कोसी प्रदेशमा नयाँ अध्याय सुरू भएको छ,ुउनले भने,ु सरकार बनाउने सबै धाराहरू प्रयोग गरेर यो अन्तिम धारा समेत प्रयोग गरेका छौं। प्रदेशमा स्थिर र गतिशील सरकार पूरा भएको छ। 


उनले नेपालको संविधानले दिएको अधिकार मात्रै प्रयोग नगरी सबैको भावनाअनुसार जनतालाई दरिद्रताबाट मुक्ति गराउनुपर्ने बताए।


प्रदेशको विकासका लागि सबै एकजुट हुन आवश्यक रहेको भन्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारबाट अधिकार प्राप्तिको अभियानमा जस्तोसुकै संघर्ष गर्न आफू तयार रहेको बताए।


संघीय संरचनालाई बचाउन संकल्प गर्ने बेला आएको उनको भनाइ छ। कोशी प्रदेश राजनीतिक, आर्थिक र सामाजिक समस्याबाट मुक्त हुन नसकेको उनले जिकिर गरे।


मुख्यमन्त्री कार्की भने,ु संघीय सरकारले अधिकार प्रत्योजन नगर्ने तर संघकै माननीय सांसदज्यूहरूले प्रदेशले काम  नगरेको र यसको काम छैनजस्ता प्रश्न उठाउने गरेका छन्। यो अवस्था चीर्न सबै एकजुट हुनुपर्छ।ु


प्रदेशमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि आवश्यक ऐन कानुन बनाएर प्रदेश लोकसेवाबाट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।


गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।  कार्कीले आज विश्वासको मत लिन लागेका हुन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया