विराटनगर - आज अक्टोबर १५ तारिख विश्व हात धुने दिवस । ‘हाम्रो हात, हाम्रो भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । सन् २००८ पछि विश्वभर हरेक वर्ष अक्टोबर
१५ तारिखमा यो दिवस मनाइन्छ । साबुन पानीले राम्रोसँग हात धुने बानीले
धेरैजसो रोगबाट बच्न सकिन्छ । विभिन्न अध्ययनहरूले साबुन पानीले
मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा
झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य
देखाएका छन् । डाक्टरका अनुसार शौचालय प्रयोग गरेपछि,
बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र
खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि
साबुन पानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । डाक्टरका अनुसार साबुन पानीले हात धुँदा
कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी
हुनबाट जोगाउन सकिन्छ ।