.

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ ग्रहण गर्ने

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । शपथ ग्रहणपछि उहाँले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । यस्तै, पर्सि विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने उहाँको तयारी छ  ।आज सार्वजनिक बिदा परेकाले भोलि विश्वासको मत लिनका लागि सूचना दिने तयारी भएको हो । उहाँले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।  हिजो पार्टीभित्र विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त हुनुभएको हो ।उहाँको विद्रोहले सत्ता गठबन्धन सङ्कट पर्ने सम्भावना भएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन कमजोर हुन नदिने सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया