.

कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना

विराटनगर , २१ अुोज । कोशी, प्रदेशका थोरै स्थानमा र मधेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कर्णाली र सुदूरपश्चिमबाहेक बाँकी ५ प्रदेशमा वर्षाको सम्भावना रहेको छ । ‘कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन९चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।


यस्तै राति पनि प्रायः दिउँसोकै जस्तो अवस्था रहने महाशाखाले जनाएको छ ।


‘कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ,’ सूचनामा भनिएको छ, ‘कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन९चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया