.

पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै

काठमाण्डौ – नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै छ । अबको तीन चार दिनसम्म नै कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रको पूर्वी क्षेत्रमा मनसुनी प्रणाली रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुुभयो । उहाँका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ । यी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया