विराटनगर , १६ आश्विन । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार दिउँसो स्थानीयबासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालयले अत्याधिक कर वृद्वि भएको भन्दै दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन्।
आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीयहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?