.

दमकमा छुरा प्रहार गरी एक जनाको हत्या

विराटनगर , असोज १२ । । दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका–३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो ।


दमक –१ कुमाल चोकस्थित एक होटेलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका उनीसहितको समूहमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।


घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया