.

कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त

विराटनगर , ८ असोज । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त गरेको छ ।

तेह्रथुम निवासी दर्नाल समानुपातिक तर्फबाट सांसद चयन भएकी हुन् ।

मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेको तर्फबाट यसअघि सचेतकमा नियुक्त सिर्जना राई राज्यमन्त्रीमा नियुक्त भएपनि उक्त पद खाली थियो । यसैबीच एमालेले आजै मन्त्रीमण्डल विस्तार गर्ने निर्णय पनि गरेको छ ।

भण्डारीले मन्त्रीमण्डल विस्तार गर्ने विषयमा निर्णय भएको भएपनि मन्त्रीहरुको टुंगो लाग्न भने बाँकी रहेको बताए ।सर्वाेच्चको परमादेशबाट संविधानको धारा १६८ (३) अनुसार बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेकै तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की र सिर्जना राई मन्त्री बनेका छन् ।

एमाले स्रोतकाअनुसार यसअघि मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लिलाबल्लभ अधिकारी, तथा सांसदहरु सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने भएका हुन् । मन्त्रीको टुंगो लागिसकेपछि आजै साँझसम्ममा शपथग्रहणको तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले दाबी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया