विराटनगर । समाजवादी मोर्चाको कोशी प्रदेश समिति गठन भएको छ ।
आज विराटनगरमा आयोजित मोर्चाको प्रदेश स्तरीय सन्देश भेलामा प्रदेश समितिको घोषणा गरिएको हो । समाजवादी मोर्चामा आवद्ध रहेको चार दलबाट तीन–तीन जना सदस्य रहनेगरि प्रदेश समितिको गठन गरिएको हो ।
मोर्चामा आवद्ध चार दलका शिर्ष नेता प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितीमा सम्पन्न कार्यक्रममा मोर्चाका सदस्य–सचिव प्रमेश हमालले समितिको घोषणा गर्नु भएको थियो ।
मोर्चाको प्रदेश समितिमा माओवादी पार्टीबाट हर्क नेम्वाङ, देवान चाम्लिङ र गणेश उप्रेती एकिकृत समाजवादी बाट बलदेव चौधरी, महेश रेग्मी , सरिता थापा खड्का चयन हुनुभएको हो ।
त्यस्तै जसपाबाट दिपक याक्खा, घनश्याम कटुवाल र जयराम यादव तथा नेकपाबाट सुमन सी , उमा सी , अनिता सी चयन हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?