.

कोसी सरकारविरुद्धको रिट निवेदनमाथि दोस्रो दिनको बहस सुरू

विराटनगर , १९ भदौ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतमा बहस सुरू भएको छ ।  सर्वाेच्च अदालतको पूर्णइजलासमा सोमबारबाट मुख्यमन्त्री थापाविरुद्धको  रिटमा बहस सुरू भएको हो । 

सोमबार रिटमाथि बहस नसकिएपछि मंगलबारका लागि ुहेर्दाहेर्दैुमा राखिएको थियो। रिटमाथि सुनुवाइका लागि तीन सदस्यीय पूर्णइजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी  रहेका छन्। सोमबार रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाललगायतले बहस गरेका थिए। 

आज रिट निवेदकका विपक्षीहरूको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।  रिटमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धव थापा, विश्वासको मत लिने दिने प्रदेशसभा बैठकको अध्यक्षता गरेका अध्यक्ष इस्राइल मन्सुरी र गीता तिम्लसिनालाई विपक्षी बनाइएको छ ।

यसैगरि  कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको  सर्वाेच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजो रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । इजलासमा भिजुअल हेर्ने निकै कम अभ्यास छ । यसअघि नवराज सिलवालको कीर्ते मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले भिजुअल प्रिजेन्टेसन गरेको थियो ।

भदौ ४ गते  मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा  प्रदेश सभाको बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदानमा सहभागी गराएर ४७ मत र्पुयाएर विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री थापाले प्राप्त गरेको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए। प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं गएपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए ।

  मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका थिए।  उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया