.

संविधान दिवस मनाउने विषयमा कांग्रेस बैठकमा आपत्ति

विराटनगर , ५ साउन  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । 

“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ रु यसमा मेरो घोर असहमति छ,” उनले भने । 

०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ । 

संविधानमा उल्लेखित धर्मनिरपेक्ष भन्ने शब्द हटाउनुपर्छ भनेर कांग्रेस बोल्नुपर्ने बताए । संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया