विराटनगर ,२ श्रावण । नेपाली कांग्रेसमा ४६ जिल्लाबाट दुई हजार एक सय उजुरी परेको छ । स्थानीय तह, प्रदेश र संघको निर्वाचनसहित पार्टी अनुशासन समितिमा उजुरी दर्ता भएको नेता आनन्द ढुंगानाले बताए ।
एक वर्षपछि कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकका लागि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले १० वटा एजेण्डा तय गरेको छ । त्यस बाहेक बैठकमा पार्टीमा परेको उजुरीबारे पनि छलफल हुने बताइन्छ ।