.

पेरिसडाँडाबाट आर्यघाटतर्फ सीताको शवयात्रा

विराटनगर ,२७ असार  ।नेकपा मा‌‌ओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको शवयात्रा सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीपछि सीताको शवयात्रा आर्यघाटका लागि निस्केको हो।

पेरिसडाँडाबाट शवयात्रा सुरु हुनुअघि नै आर्यघाटमा अन्तिम संस्कारका लागि तयारी थालिएको छ।

आर्यघाटमा अन्तिम संस्कारको तयारी भएसँगै अहिले सयौँ सर्वसाधारण पनि जम्मा भइसकेका छन्। 

बुधबार बिहान ८ बजे सीताको ६९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

सीतालाई आर्यघाटमा नेपाली सेनाको एक टुकडीले सलामी दिनेछ।

उनको राजकीय सम्मानसहित सीताको अन्तिम संस्कार गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया