.

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज निधन,अब केहि बेरमै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टी गरिने

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले बुधबार शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री पत्नी सीताको आज बुधबार बिहान ८ बजेर ३३ मिनेटमा कामाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो । महासचिव गुरुङले शोक वक्तव्यमा दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाउनु भएको छ । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार रहनु भएको थियो । पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताउनु भएकी सीताले माओवादी जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो । पछिल्लो समय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुनुभएको थियो । हाल चितवनको भरतपुर महानगरपालिका वडा नंम्बर १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ ।सल्लाहकार सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केहीबेर अघि माओवादीको पार्टी कार्यालय कोठमाडौंको कोटेश्वरस्थित पेरिस डाँडामा लगिएको छ । उहाँको पार्थिव शरीर १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिएको थियो ।अब केहिबेरमै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरि 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।  सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय समेत गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया