.

आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै

इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे रंगशालामा हुने भएको हो । मुम्बई र कोलकताले अहिलेसम्म एक–आपसमा ८ वटा आईपीएल उपाधि जितेका छन् । आईपीएलको सर्वाधिक सफल टोलीमध्येको एक मुम्बईले पाँच वटा उपाधि जितेको छ । मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० को आईपीएल उपाधि जितेको हो । कोलकताले भने २०१२, २०१४ र २०२४ गरि तीन पटक आईपीएल जितेको छ ।

शनिबारदेखि शुरु भएको आईपीएल क्रिकेटको १९ औं संस्करणमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा बेंगलुरुले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको थियो । बैंगलोरको मैदान एम चिन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य बैंगलोरले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरको जितमा विराट कोहलीले अविजित ६९ रनको योगदान दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया