.

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल जारी

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल भईरहेका छन् ।

बिहीबार बिहान साढे ९ बजेदेखि शुरु भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गरिरहेको हो । बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग सामना गरिरहेको छ। यसअघि खेलेको एक खेलमा आर्मीले जित निकाल्दा गण्डकीले पराजय भोगेको थियो । उता दुई÷दुई खेल खेलेका पुलिस र बागमतीले एकमा हार र एकमा जित निकालेका छन् । यसपटक पीएम कप मधेश र बागमती प्रदेशमा भइरहेको छ ।

मधेशको जनकपुर र वीरगञ्ज एवं बागमतीको काठमाडौंमा खेल भइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया