.

फिफाद्वारा इरानको प्रस्ताव अस्वीकार, विश्वकप २०२६ को तालिका यथावत् रहने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप फुटबलको खेल तालिकामा कुनै परिवर्तन नगर्ने स्पष्ट पारेको छ। इरानले सुरक्षा र राजनीतिक कारण देखाउँदै आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिकोमा सार्न गरेको प्रस्तावलाई फिफाले अस्वीकार गरेको हो ।

इरानमाथि अमेरिका–इजरायल युद्ध चलिरहेको कारणले गर्दा इरानले आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्न प्रस्ताव गरेको थियो ।

फिफाले एक विज्ञप्ति जारी गर्दै ६ डिसेम्बर २०२५ मा घोषित तालिका अनुसार नै सबै खेलहरू सञ्चालन हुने जनाएको छ। ‘फिफा सबै सहभागी सदस्य संघहरूसँग नियमित सम्पर्कमा छ र निर्धारित तालिका बमोजिम नै प्रतिस्पर्धा हुनेमा विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप ११ जुन २०२६ देखि सुरु हुँदै छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया