.

हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा एएफसी कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ।

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ४९ सदस्यीय जम्बो टोलीको घोषणा गरेका हुन् ।

नेपालले चैत १२ गते घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। यो खेललाई विशेष गरी मार्च ३१ (चैत १७ गते) मा लाओसविरुद्ध हुने एएफसी कप छनोटको तेस्रो चरणको अन्तिम खेलको तयारीको रूपमा लिइएको छ।

मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि एरिनाको यो पहिलो ठुलो प्रशिक्षण अभियान हो । उनले नेपाली टोलीको मुख्य कमजोरीका रूपमा रहेको ‘गोल स्कोरिङ’ मा सुधार ल्याउनु आफ्नो पहिलो लक्ष्य भएको बताएका छन् ।

प्रारम्भिक टोलीमा परेका खेलाडी लाई टोलीमा अनुभवी खेलाडीका साथै नयाँ अनुहारलाई पनि स्थान दिइएको छ। टोलीमा कप्तान किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट र भरत खवास जस्ता स्थापित नामहरू रहेका छन् ।

।प्रशिक्षक एरिनाले बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन र क्षमता हेरेर अन्तिम टोलीको छनोट गर्नेछन्। घरेलु दर्शकको अगाडि हङकङविरुद्ध हुने खेलले नेपाली टोलीको वर्तमान अवस्था र तयारीलाई मापन गर्ने विश्वास लिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया