.

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

विराटनगर, ४ असोज । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल दशरथ रङ्गशालामा हुनेछ ।नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।त्यस्तै,  सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्काे खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया