.

मध्यरातमा पहिरो खस्दा ताप्लेजुङ सडक अवरूद्ध , पाथीभरा दर्शनकालागि हिडेका शयौ यात्रु अलपत्र

विराटनगर ,१२ साउन ।। गए राति खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । फुङलिङ–८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको स्थानीय मनिष अधिकारीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन् । यात्रु पनि अलपत्र परेको अधिकारीले जानकारी दिएका छन् । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार सडकको पहिरो पन्छाउन दिनभर लाग्ने सम्भावना छ । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया